मादी हाईड्रोपावर ताङतिङको कार्यालयमा आयोजना प्रभावितको ताला
माग सम्बोधन नभए निर्माण कार्य रोक्ने चेतावनी
पाेखरा | माघ १२, २०७९
पोखराः कास्कीको मादी गाउँपालिकामा निर्माणाधिन सुपर मादी हाईड्रोपावर लिमिटेड ताङतिङ शाखाको कार्यालयमा त्यहाँका प्रभावित स्थानीयले ताला लगाएका छन् ।
सुपर मादी हाइड्रोपावर लिमिटेडले स्थानीयसँग गरेको सम्झौतालाई कार्यान्वयन नगरेसम्म शाखा कार्यालयमा ताला नखुल्ने ताङतिङ युवा क्लबका अध्यक्ष भोज बहादुर गुरुङले जानकारी दिए ।
‘सुपर मादी हाईड्रोपावरसँग भएको ११ बुँदे त्रिपक्षीय सम्झौता कार्यान्वयन भएको छैन, गुरुङले भने, डाईड्रोपावरले यहाँ नोक्सान पु¥याएको छ नै ३५ जना स्थानीयले मुआब्जा पाउन सकेका छैन् , सम्झौता कार्यान्वयन नभएसम्म ताला खोल्न असमर्थ छौं ।’
हाईड्रोका कारण हिउँदमा धुलाम्मे र बर्खामा हिलाम्मे हुन बाध्य भएको गुरुङले बताए ।
‘स्थानीयको कृषि योग्य जमिनमा हाइड्रोका पूर्वाधार निर्माण गर्दा निस्किएका ढुङ्गा र माटो र जमिनमा यत्रतत्र छरिएको छ, मकै लगायतका बाली लगाउने समय हुन लाग्योे, उनले भने, ‘सम्झौता अनुसार पूर्वाधार निर्माण गर्दा निस्किएको ढुङ्गा माटो सफा गर्नुपर्ने हो, तर परियोजनाले यसतर्m ध्यान दिन नसक्दा किसान दोहोरो मर्कामा परेका छन् ।’

हाईड्रोपावर परियोजनाले सम्झौता अनुसारको सिक्लेस ताङतिङको बीचमा मोटरेबल पुल खेलमैदान लगायतका पूर्वाधारका कामहरु नगरेको सुपर मादी हाईड्रोपावर ताङतिङ शाखाको कार्यालयमा जारी गरिएको नोटिसमा उल्लेख गरिएको छ ।
मादी गाउँपालिका २ का वडाध्यक्ष भोजबहादुर गुरुङले प्रभावित क्षेत्रका स्थानीयले स्थानीय सरकार मार्फत न्याय खोजेकाले परियोजनासँग छलफल गर्न खोजेपनि त्यो सफल नभएको बताए ।
‘नजिकका सरकार भनेको स्थानीय सरकार हो, हामी मार्फत न्याय खोज्न प्रभावित स्थानीय वडा कार्यालय आउन थालेका छन्, उनले भने, ‘परियोजनाका प्रतिनिधिहरुसँग छलफल गर्न खोज्दा पोखरा बोलाउनु हुन्छ तर हामी स्थानीयको बीचमा नै सम्झौता कार्यान्वयनमा जोड दिएका छौं ।’
कास्कीको मादी गाउँपालिका २ स्थित ताङतिङ युवा क्लब, मादी नदी सरोकार समिति र स्थानीयले सुपर मादी हाइड्रो पावरको ताङतिङस्थित शाखा कार्यालयमा ताला लगाएर सम्झौता कार्यान्वयन गर्न सर्वपक्षिय भेलाको निर्णयसहितको नोटिस जारी गरेका छन् ।
पोखरा - नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ । नेपाल पत्रकार महासंघ, कास्कीले बु...
पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...
राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्। चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

